दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच अहिले छलफल जारी छ।
‘उहाँहरूबीच छलफल जारी छ,’ देउवाका सहयोगी भानु देउवाले भन्नुभयो, प्रचण्ड र नेपाल १:१५ बजे देउवा निवास पुगेका थिए।
सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो। अब कसरी अगाडि बढ्ने भन्नेबारे देउवा, प्रचण्ड:नेपालबीच छलफल भएको छ।
प्रचण्डले सबै दलसँग सहमति र समझदारी गरेर अघि बढ्ने बताइरहेका छन्।





प्रतिक्रिया