कांग्रेससँग मिलेर नेकपाले सरकार बनाए विद्रोह गर्छुः पण्डित

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताउनु भएको छ ।

बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितले बताउनु भएको हो ।

सामाजिक सञ्जालमा बिहीबार लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएको बताउनुभयो ।

‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’, उहाँले लेख्नु भएको छ ।

नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उहाँको जिकिर छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?