विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

दार्चुला । नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।

विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए ।

सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मक रुपमा हेरिएको छ ।

सरकारी टोलीसँग वार्ता गर्न नेत्रविक्रम चन्द समुहबाट समेत खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको दुई सदस्यीय टोली गठन गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?