प्रतिनिधिसभामा प्रचण्ड-नेपाल पक्षमा ८६ र ओली पक्षमा ८४ सासंद, वामदेव निर्णायक

दार्चुला । संसद अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ। अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपालपक्ष बीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ।

दुवै समूहबीच सांसद संख्याको फरक यति साँघुरिएको छ, वामदेव गौतम निर्णायक हुने स्थिति बन्न लागेको छ। उहाँले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन्।

प्रतिनिधिसभामा नेकपाका १७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन्। त्यसैले अहिले १७२ सांसद कायम छन्। त्यसमध्ये प्रचण्ड-नेपाल समूहले आफूसँग ९० भन्दा बढी सांसद भएको दावी गरेको छ भने ओली समूहले ९२ सांसद आफूसँग रहेका दावी गरेको छ।

अहिलेसम्म वामदेव गौतम, उहाँकी पत्नी तथा सांसद तुलसी थापा र लालबाबु पण्डित कुनै पनि समूहमा लागेका छैनन्। अरू लगभग एउटा समूहतिर खुलेका छन्। यद्धपी सांसद तुलसी थापा ओली समुहको केन्द्रीय सदस्य हुनुहुन्छ भने पण्डित पनि जबज र सुर्य चिन्हको पक्षमा देखिनुहुन्छ ।

अहिलेसम्म खुलेका सांसदहरूको तथ्यांक केलाउँदा प्रचण्ड-नेपाल पक्षसँग ८६ र ओली समूहसँग ८४ सांसद छन् । आफूहरूसँग अलिकति भए पनि धेरै सांसद रहे पनि प्रचण्ड(नेपाल समूह भने ढुक्क हुन सकेको छैन।

हामीसँग सांसद संख्या अलिकति भए पनि धेरै छ। तर अन्तिम समयमा केही संख्या यताउता हुने हो कि भन्ने डर पनि छ। किनकी ओलीसँग पैसा र शक्ति छ,’ प्रचण्ड-नेपाल समूहका एक सांसदले भन्नुभयो, नेकपाको संसदीय लडाइँमा फेरि पनि वामदेव गौतम नै निर्णायक हुने स्थिति छ।

वामदेव, तुलसी र लालबाबु तीन जना खुल्न बाँकी भए पनि उनीहरू कुनै एक समूहतिर लाग्दा अरू केही सांसद पनि प्रभावित हुन सक्ने प्रचण्ड-नेपाल समूहका सांसदले बताउनुभयो । ‘उनीहरूसहित पाँच/सात जना सांसदको संख्या एकतिर थपघट हुन सक्ने उहाँको भनाई छ ।

नेकपा विभाजन गर्नु हुँदैन भनेर लागेका सांसद लालबाबु पण्डित अन्तिम समयमा आफूतिर आउनसक्ने प्रचण्ड-नेपाल पक्षको आशा छ। केही गरी अन्तिम समयमा वामदेव, तुलसी र लालबाबु ओलीतिर लागे भने ओलीले बहुमत पुर्‍याउन सक्ने डर पनि प्रचण्ड-नेपाललाई छ।

नेकपा संसदीय दलको विधानमा राष्ट्रिय सभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन्। उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रियसभामा ओलीकै बहुमत पुग्छ। राष्ट्रियसभामा नेकपाका ५० जना सांसद छन्। राष्ट्रियसभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ। ४९ जनामध्ये प्रचण्ड-नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जनै छन्। यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रियसभामा उसकै बहुमत पुग्छ।

ओली पक्षले फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ। त्यहाँ उसका पक्षमा बहुमत पुग्यो भने त्यो ओलीको ठूलो नैतिक जित हुनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?