सरकार र विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकियो

दार्चुला । सरकार र नेत्र विक्रम चन्द (विप्लव) समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ ।

दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।

सरकारका तर्फबाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी हुनुभएको थियो ।

दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्च सुरक्षा सतर्कतासहित वार्ता सुरु भएको हो ।

खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको हो । विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता(कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?