बालुवाटार छिरे ‘विप्लव’

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

आज बिहान नवलपरासीबाट काठमाडौँ आउनु भएका विप्लव सोझै बालुवाटार प्रवेश गर्नु भएको हो । विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार जानुभएको छ ।

सरकार र विप्लव समूहबीच हिजो मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो ।

उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?