नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन : डा. कोइराला

दार्चुला । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताउनुभएको छ ।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुनपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ । ‘१० वर्ष सम्म भातृ संस्थाहरूको अधिवेशन हुन सकेको छैन, पुरानो अनुहार छ, अनि पार्टी कसरी बन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘पुरानै अनुहारको नेतृत्वले झण्डा बोकेर युवाहरु पार्टीमा आउँदैनन् ।’

नयाँ विचारधारा र नया नेतृत्वबाट अघि बढ्न नसके कांग्रेसले फेरि पनि ठूलो हार बेहार्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?