लेकम रोडमा टेक्टरबाट खसेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा टेक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरमा लागेको शिवरात्री मेलाबाट घर फर्कने क्रममा लेकम गाउँपालिका वडा नम्बर ६ गणेँतमा टेक्टरबाट खसेर लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडाका ३० बर्षीय अशोक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

गोकुलेश्वरबाट रिठाचौँपाता आइरेहेको सु.प.प्र. ०१००२ त ४८३५ नम्बर को टेक्टरबाट खसेर उहाँको घटना स्थालमै मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

टेक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अघि मात्रै सोही सडक खण्डको उचाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस् ।

जीप दुर्घटना : तीनको मृत्यु, चार घाइते (फोटोफिचर)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?