सीमामा हेल्थडेस्क स्थापना, भारतबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्न अनुरोध

दार्चुला । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले भारतबाट घर फर्किनेहरुको संख्या बढ्दै गएपछि उनिहरुमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने, व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने र कोरोना पोजेटिभ रिर्पोट आउनेलाई आइसोलेसनमा राख्ने लगायत व्यवस्थापन गर्ने जिम्मा लिन सम्बन्धित पालिकाहरुलाई लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्टलाई नियन्त्रण एवं न्युनिकरण गर्न जिल्लाका स्थानीय तहहरुका सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा विहिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले आजैका मिति देखी बिगतमा झै हेल्थ डेस्क स्थापना गरी संचालन गर्न सम्बन्धित सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । दार्चुलाको खलंगा, लाली लगायत सीमा नाकामा हेल्थ डेस्क स्थापना भइसकेका छन् ।

बैठकमा भारत तथा नेपालका अन्य ठाँउहरुबाट जिल्ला आउने नेपाली नागरिकहरुको सम्बन्धित स्थानीय तहले व्यवस्थित रुपमा अभिलेख राखी अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने सुनिश्चितता गर्ने साथै सो को जानकारी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा गराउने निर्णय गरिएको छ ।

जिल्ला अस्पतालमा आइसोलेशनको संख्या निकै कम भएका कारण ज्वरो आएका बिरामीलाई चेकजाँच गर्नका लागी सशस्त्र प्रहरी बल नेपालको दार्चुला स्थित गण र नेपाली सेनाको गुल्मलाई टेन्ट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको बैठकमा सहभागि रेडियो लोकदर्पण समाचारदाता नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । बैठकले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी अभाव भएकोले आइसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मी उपलब्ध गराउन स्वास्थ्य कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गर्नका लागी नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखा मार्फत ४ सय थान कम्बल, मास्क, सेनिटाईजर, ५० थान बाल्टी, १२ थान पिपिई र आवश्यक मात्रामा साबुन उपलब्ध गराउनका लागी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । यसअघि बसेको बैठकले स्थानीय तहमा एम्बुलेन्स र आइसोलेसन व्याड तयारी अवस्थामा राख्न, भिडभाड हुने गतिविधि नगर्न र विद्यालयहरु बन्द गर्न अनुरोध गर्ने लगायत निर्णय गरेको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेका निर्णयहरु हेर्नुहोस

No description available.

यो पनि पढ्नुहोस : दार्चुलाबाट चल्ने लामो दुरीको यातायात सेवा शुक्रबारदेखि बन्द हुने

यो पनि पढ्नुहोस : दार्चुला प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने

यो पनि पढ्नुहोस : दार्चुलामा एकैदिन चार जना कोरोना संक्रमित भेटिए

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?