मार्मामा दुई जना स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई जना स्वास्थ्यकर्मीसहित तीन जनामा संक्रमण पुष्टि भएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो । ४० र ३७ वर्षीय पुरुष र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

संक्रमण पुष्टि हुनेमा एक जना महिला र एक जना पुरुष स्वास्थ्यकर्मी रहेका छन् । भने एक जना सवारी चालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । नागरिकहरुको प्रतक्ष संम्पर्कमा रहेका व्याक्तिहरुमा संक्रमण पुष्टि भएकोले समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।

यसैबिच जिल्ला अस्पताल दार्चुलामा समेत थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो चार जनामा संक्रमण पुष्टि भएपछि कन्ट्रर्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना परीक्षण गर्दा आज थप एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।

यसअघि एक जना संक्रिय संक्रमित जिल्ला अस्पतालमा आइसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । हाल दार्चुलामा ९ जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन् । भने परीक्षण अभावमा कोरोना संक्रमण पुष्टि नभएका तर संक्रमित भएका मानिसहरु समुदायमा हुनसक्ने सम्भावना उच्च रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्दै जीवन रक्षामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा कैलालीमा ४ जना र कञ्चनपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको र अस्पतालहरु संक्रमितले भरिएको अवस्थामा कोरोना संक्रमण भइहाले उपचार पाउँन समेत समस्या रहेकोले कोरोनाबाट आफु पनि बच्न र अरुलाइ पनि बचाउन स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

भारतबाट फर्किएकाहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाले समेत अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस : सीमामा हेल्थडेस्क स्थापना, भारतबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्न अनुरोध

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?