दार्चुला अस्पतालबाट डडेल्धुरा रेफर गरिएका संक्रमितको बाटोमै मृत्यु

दार्चुला । स्वासप्रस्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलाबाट डडेल्धुरा अस्पताल रेफर गरिएका एक जना कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको डडेल्धुरा अस्पताल लैजादै गर्दा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ धामीगाडा जनिक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । स्वासप्रस्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरिएकोमा अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको बोहराले बताउनुभयो ।

उहाँको शरीरमा अक्सिजनको मात्रा घट्दै गइरहेको थियो । दार्चुला अस्पतालमा अक्सिजन र आईसियु प्रर्याप्त नभएका कारण उहाँलाई थप उपचारका लागी डडेल्धुरा रेफर गरिएको थियो ।

जिल्ला अस्पताल दार्चुलामा अहिले सात जना कोरोना संक्रमतिको उपचार भइरहेको छ । हालसम्म एक जना महिला सहित तीन जनालाई अस्पतालबाट रेफर गरिएकोमा तीनै जनाको मृत्यु भइसकेको छ ।

यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण नौँ जनाले ज्यान गुमाइसकेका छन् ।

दार्चुला अस्पतालमा प्रदेश सरकारको सहयोगमा प्राप्त दुई वटा भेन्टिलेटर मध्ये एउटा मात्रै सञ्चालनमा छ । दोस्रो भेन्टिलेटर सञ्चालनका लागि आवश्यक उपकरण मगाइएको अस्पतालले जनाएको छ ।

बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा अक्सिजन, आइसियु र भेन्टिलेटर थप आवश्यक परेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिह धामीले बताउनुभयो ।

अहिले दार्चुलामा महाकाली नगरपालिकाका १५१ सहित जिल्लाभरी चार सय कोरोना संक्रमित रहेका छन् । अधिकासं सक्रमित होम आइसोलेसनमा भएकोले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आए सम्भव नरहेको बताइएको छ ।

सम्बन्धित समाचार : दार्चुला अस्पतालबाट डडेल्धुरा रेफर गरिएका संक्रमितको बाटोमै मृत्यु

यो पनि पढ्नुहोस : कोरोना रिपोर्ट ढिलो आउदाँ दार्चुलाका गाउँघरमा सल्किदै कोरोना

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?