दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा बुधबार (आज) १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैतडी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा लेकम गाउँपालिकाका १८ जना सहित दार्चुलाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वैशाख ३१ गते लेकम गाउँपालिकाका विभिन्न वडाहरुबाट ९९ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पठाइएको थियो ।
बुधबार १८ जना संक्रमित थपिएसंगै लेकम गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
गाउँघरमा परीक्षण नभएकोले पुष्टि कम भएपछि धेरैलाई संक्रमण भइसकेको हुनसक्ने भन्दै सतर्कता अपनाउन, स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र खानपान तथा रहनसहनमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार : कोरोना रिपोर्ट ढिलो आउदाँ दार्चुलाका गाउँघरमा सल्किदै कोरोना
यो पनि पढ्नुहोस : दार्चुलामा एकैदिन ४४ जनामा कोरोना पुष्टि, ६० कोरोनामुक्त






प्रतिक्रिया