अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

दार्चुला । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेको जनाइएको छ । उपराष्ट्रपतिले पनि मुलुक छाडेका छन् ।

रोयटर्सका अनुसार गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।

उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् । दशदिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?