भिरबाट लडेर घाइते बोहरालाई धनगढी रेफर गरियो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा भिरबाट लडेर एक महिला घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार व्यास गाउँपालिका वडा नम्बर ६ घर भएकी नन्दा बोहरा बसबाट झरेर पिसाब फेर्न जादा भिरबाट लडेर घाइते हुनुभएको हो । बोहरा भिरबाट १३० मिटर तल खसेको बताइएको छ ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ज ३८३३ नम्बरको बसमा यात्रा गर्दै गरेका ति महिलाको साथमा उहाँकै श्रीमान समेत रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि मंगलबार बेलुकी नै गोकुलेश्वर अस्पताल लगिएको थियो । गोकुलेश्वरबाट सोही गाडीमा धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

पिसाब फेर्नका लागि बाटोमा सार्वजनिक सौचालय नभएका कारण एकान्तमा जान खोज्दा अध्यारोमा झुक्कीएर भिरबाट लडेको प्रहरीले जनाएको छ । घाइते महिलाको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित समाचारः ग्वानीमा बस रोकेर पिसाब फेर्न गएकी महिला भिरबाट लडेर घाइते

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?