अध्यक्षमा ओली, उपाध्यक्षमा अष्टलक्ष्मी र सचिवमा बिष्टलाई लोकप्रिय मत, रावल र भूसाल पराजित

दार्चुला । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरेका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।

महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।

सम्बन्धित समाचार: नेकपा एमाले नेता गणेश ठगुन्ना केन्द्रीय सदस्यमा निर्वाचित, सुदूरपश्चिमबाट लेखराज बने सचिव

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?