काठमाडौं चन्द्रागिरिमा थप १ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा कोरोना पुष्टि भएका संक्रमित चन्द्रागिरि नगरपालिका निवासी ३२ वर्षीय पुरुष हुन् ।

मंगलबार नै चन्द्रागिरी अस्थायी बसोबास भएकी एक पूर्व प्रहरी महिला जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, मंगलबार साँझ नै भक्तपुरका २ जनामा पनि कोरोना देखिएको थियो । संक्रमित हुनेमा सुरक्षाकर्मी र नर्स रहेका थिए । योसँगै उपत्यकामा संक्रमितको संख्या ६ पुगेको छ ।

त्यस्तै, आज कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?