नेपाली कांग्रेसको लेकम-५ मा सम्पर्क कार्यालय स्थापना,  प्रचारप्रसार समिति गठन

दार्चुला । नेपाली कांग्रेसको लेकम गाउँपालिका वडा नम्बर ५ मा सम्पर्क कार्यालय स्थापना गरिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर लेकमका सबै वडामा सम्पर्क कार्यालयस्थापना संगै प्रचारप्रसार समिति गठन गरिएको छ।

लेकम-५ चौपातामा आज सम्पन्न कार्यक्रमबाट नारद सिंह बोहरा संयोजक र दयाकृष्ण बिष्ट सहसंयोजक रहने गरी ३५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेस दार्चुला क्षेत्र नम्बर “क” का क्षेत्रीय सचिव हरिदत्त जोशीले जानकारी दिनुभयो। विगतमा नेपाली कांग्रेसमा सक्रिय रही २०७९ सालको निर्वाचनमा लेकम-५ मा वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका दयाकृष्ण बिष्ट आजदेखी फेरि कांग्रेसमा सक्रिय भएसंगै सहसंयोजकको जिम्मेवारी दिइएको हो।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति सहसचिव राजेन्द्रप्रसाद जोशी, महाधिवेशन प्रतिनिधि सुना जोशी, जिल्ला कमिटी सदस्यद्वय महेन्द्र राज जोशी र बहादुर सिंह खत्री, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दिपकराज जोशी, नेविसंघका केन्द्रीय सदस्य विनोद रावल, दरूणदलका जिल्ला सचिव सुरेश बिष्ट, स्ववियु सेटिगाउँ बहुमुखी क्याम्पस सभापति कृष्णसिंह रावल लगायत स्थानीय नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो।

अहिलेसम्म लेकमका छ वटै वडा कार्यालयमा सम्पर्क कार्यालय र प्रचारप्रसार समिति गठन गरिएको र पालिकास्तरीय कार्यक्रम १२ गते रातामाटामा गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?