सुदूरपश्चिममा एमालेको सूचीमा सात सीट सुरक्षित, सबैमा मुख्य प्रतिस्पर्धा

दार्चुला । २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २०७४ को आम निर्वाचनमा पाएको आफ्नो लिडिङ्ग हैसियत गुमायो । तर, काङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि लोकप्रियतालाई भने कायम राख्न सफल भयो ।

१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ को निर्वाचनमा नेकपा एमालेले मात्रै ११ सिट जितेको थियो ।

तर, २०७९ सम्म आइपुग्दा आफ्नो त्यो हैसियत गुमाएर सुदूरपश्चिममा एमाले प्रतिनिधिसभातर्फ दुई सिटमा खुम्चिएको थियो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारीले नेकपा एमालेको साख जोगाएका थिए समानुपातिकमा भने एमाले पहिलो प्रदेशमा पहिलो दल बनेको थियो ।

आसन्न निर्वाचनमा एमालेले प्रदेशमा १२ सिट जित्नेले उपमहासचिव लेखराज भट्टले दाबी गरेका थिए । तर, एमालेको आन्तरिक विश्लेषणमा सात सिट सुरक्षितमा राखिएको छ । कैलाली-२ र ४, कंचनपुर-३, अछाम-२, बैतडी, दार्चुला र बझाङमा चुनाव जित्ने एमालेको आन्तरिक विश्लेषण छ ।

कंचनपुर-१ र बाजुरामा पनि माहोल राम्रो भएको एमालेको दाबी छ । डडेल्धुराबाहेक अन्य क्षेत्रमा पनि एमाले उम्मेदवार ८ मुख्य प्रतिस्पर्धामा रहेको दाबी गरिएको छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?