मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

दार्चुला । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने योजना बनाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । समानुपातिकतर्फ एक/दुई दिन लागे पनि प्रत्यक्षतर्फको धेरै ढिला नहुने उहाँको भनाइ छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार चुनाव तयारी केन्द्रित आवश्यक सम्पूर्ण व्यवस्थापन सकेर आयोग पूर्णरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यही २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चुनावकाे समयमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गर्नुभएको छ । उहाँले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?