निजामती प्रशासनभित्र गठन भएका कुनै समूहलाई हाम्रो समर्थन छैन : रास्वपा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवाभित्र आफ्नो नाम जोडेर विभिन्न समूह वा अभियान सञ्चालन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत पार्टीले यस्ता गतिविधिमा आफ्नो कुनै पनि प्रकारको संलग्नता, समर्थन वा आबद्धता नरहेको उल्लेख गर्नुभएको छ । निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने पार्टीको स्थापनाकालदेखिको स्पष्ट धारणा रहेको उहाँले बताउनुभएकाे छ ।

‘कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रका नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य पार्टीको नीति विपरीत हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?