पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने – राजनीति र कानुनी लडाइँ लड्न तयार छु

दार्चुला । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताउनुभएको छ । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताउनुभएको हो ।

’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ ।

‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ लेखकले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?