ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

दार्चुला । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार दुवै जनालाई पाँच पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ । शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।

प्रहरीले १० दिन थुनामा राख्न मागसहित इजलास समक्ष निवेदन पेश गरेको थियो । भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरु शनिबार पक्राउ परेका थिए ।

दुवै जनालाई १० दिन थुना म्यादको मागसहित सरकारी वकिलले इजलास समक्ष निवेदन पेश गरेका थिए ।

पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको छ । ओलीलाई ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको थियो, लेखक भने सुनुवाईका क्रममा इजलासमै उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?