सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

दार्चुला । प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुभएको छ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सुदूरपश्चिमबाट निर्वाचित भएका सांसदहरुसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री शाहले सुदूरपश्चिमबाट निर्वाचित भएका विभिन्न दलका सांसदहरुसँग छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँले सुदूरपश्चिम प्रदेशका समस्या त्यहाँका स्थानीयको मागबारे बुझेको बताइएको छ । प्रधानमन्त्री शाहले हिजो कोशी र कर्णाली प्रदेशबाट निर्वाचित भएका सांसदहरुसँग छलफल गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?