दार्चुला । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

सोमबारै यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता आङ्देम्बेलाई बनाउने विषयमा सहमति जुटाइएको थियो ।

त्यसअघि, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो ।

पार्टी सभापति गगन थापाले उनलाई दलको नेता चयन भएको प्रमाणपत्र हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?