सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि बजेट अधिवेशन सुरु  हुने

दार्चुला । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आगामी बिहीबारबाट सुरु हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो ।

शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गरी अधिवेशन बोलाउन सिफारिस पत्र बुझाउनुभएको थियो । सोही सिफारिसका आधारमा वैशाख १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्ने तय गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिनुभयो ।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि गत चैत २९ गते राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको विधेयक अधिवेशन अन्त्य गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?