दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी हुनुहुन्न। यसअघिको दलको बैठकमा पनि उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।
आजको बैठकमा पार्टी सभापति रवि लामिछाने भने सहभागी हुनुहुन्छ। रास्वपाले संसदीय दलको आजको बैठकलाई अनौपचारिक भनेको छ ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको थियो ।




