ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने (विस्तृतमा)

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बालुवाटारमा आज बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो ।

ओली समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक पनि बोलाएको छ । २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्मका लागि ओली समूहले महाधिवेशन मिति तोकिसकेको छ ।

आजकै बैठकमा ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरी एक हजार एक सय ९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने एक सय ९६ जना पछि थप गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठनको निर्णय गरेको थियो।

निर्वाचन आयोगका दिनेशकुमार थपलियाले एक घण्टा अघि पत्र दर्ता भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?