ओलीको कदमले देश गम्भीर सङ्कटमा फस्यो : देउवा

दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश गम्भीर सङ्कटमा फसेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले संसद् विघटन गरेर सर्वसत्तावादी चरित्र देखाएको समेत देउवाले आरोप लगाउनुभएको छ । पार्टी कार्यालय सानेपामा मङ्गलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले देशलाई सङ्कटबाट जोगाउन अब कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने अवस्था आएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक मङ्गलबारदेखि सुरु भएको हो । बैठकमा सभापति देउवाले सोमबार भएको सर्वदलीय बैठकको निष्कर्षबारे पनि जानकारी गराउनुभएको थियो ।

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु महेश आचार्य, डाक्टर नारायण खड्का र एनपी साउदले आफ्नो धारणा राख्नु भएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?