कविता : खबरदार

खबरदार, खबरदार, खबरदार
लौ है फेरि यहाँ
राजतन्त्र फर्काइँदै छ
हिन्दुराज्य घोषणा गरिदै छ
ज्ञानेन्द्रहरु श्री ५ भएर आउँदैछन्
केपीहरु श्री ३ भएर उठ्दैछन्
संघीयता र धर्मनिरपक्षता फाल्दैछन!

साम्राज्यबादीको इसारामा
बुद्धको नाममा तिब्बतमा
दलाई लामाहरू फर्काइँदैछन्
रामको नाममा नेपालमा
सम्राटहरु फर्काइँदैछन्
पण्डित पुजारीहरू सल्बलाउदैछन्
धर्म कचरीहरु चल्दैछन
धर्मभक्त र गंगालालहरुलाई फेरि
फाँसीमा लड्काउने प्रपञ्च रच्दैछन
नागरिक सडकमा आउँदै गर्दा
संकटकाल लगाउने षड्यन्त्र गर्दैछन्!

हो न हो यहाँ
लेण्डुप दोर्जेहरु जन्मिदैछन
तुल्सी गिरीहरू फर्किंदैछन्
मरिचमानको सिको गर्दैछन्
नबराजहरुका पाइलाहरू क्रमश
बालुवाटारबाट नारायणहिटी तिर सर्दैछन
म्यानमारमा सैनिक कू हुँदा
यहाँ सैनिक परेड खेलाउँदैछन्
कहिले पशुपती धाउँदैछन
कहिले राम मन्दिर खोज्दैछन्
फेरि पनि उही कलंकित
जात व्यवस्था फर्काउँदैछन्
आदिवासी पहिचानहरु मेटाउँदैछन्
महिलाहरु चरणकादासी हुँदैछन्
दलितहरू छोइछिटोमा पर्दैछन्
जङ्गबहादुरले फेरि मुलुकी ऐन जारी गर्दैछन्!

महादेवका नन्दि भिरंगीहरु
त्रिशूल बोकेर है है गर्दैछन्
हनुमानले छाती चिरेर
अयोध्या नै ल्याउने हुंकार गर्दैछन्
ढेडुहरु फेरि शहर पस्दैछन्
मोदी अनुहारका रायमाझीहरु
हेर फेरि दरबार पस्दैछन्
त्यसैले फेरि एकपटक
सबैले एकस्वरले भनौँ
खबरदार, खबरदार, खबरदार!!!

 

ओम प्रकाश पुन 
कैलाली कारागार, धनगढी!

मिति : २०७७ माघ १९ गते सोमबार

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?