द भिजन : भिजिट दार्चुला-‘अ हिडन हेवन’का अभियन्ता हिमालय भट्टसंग गरीएको कुराकानी

दार्चुला । शिक्षा, सूचना, समाचार र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामुदायिक रेडियो लोकदर्पण ९४.६ मेगाहर्जले विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यक्तित्तहरुसंग सपना, संघर्ष र सफलताका कुराहरु साटासाट गर्ने कार्यक्रम द भिजन सञ्चालनमा ल्याएको छ ।

द भिजन हरेक हप्ताकाे शनिबार र आइतबार राती ८:३० बजेदेखि ९ बजेसम्म रेडियाे लाेकदर्पण ९४‍‌.६ मेगाहर्जका साथै अनलाइन, युट्युब र फेसबुक पेजमा समेत सुन्न, पढ्न र हेर्न सक्नुहुनेछ ।

द भिजनको पहिलो अंकमा दार्चुला जिल्लाका पर्यटकिय सम्भावना बोकेका गन्तब्यहरुको पहिचान गरी प्रचारप्रसार गर्दै आइरहेका ‘भिजिट दार्चुला-अ हिडन हेवन’का अभियन्ता हिमालय भट्टसंग कार्यक्रम प्रस्तोता जिज्ञाशु खत्रीले गरेको कुराकानीको सम्पादित अंश प्रकासन गरेका छौँ ।

यहाँ आफुलाइ फेरुवा भन्नुहुन्छ, आफुलाइ फेरुवा भन्नुको कुनै खास अर्थ जान्न सक्दछु?
 ‘फेरूवा’ भनेको हाम्रो भाषामा बिनाकारण घुमिराख्ने मान्छेलाइ प्रयोग गरिने शब्द हो। म प्रायः घुमिराख्ने भएकाले गाउँघरतिर मान्छेहरू मलाई फेरुवा भन्ने गर्थे। म नयाँनयाँ ठाउँहरू घुमेर त्यसबारे केही न केही कुराहरू जान्न खोज्थे, यद्यपि नबुझ्नेहरूले मलाई त्यो शब्द प्रयोग गर्थे। त्यसैले मैले पनि ठिक छ म फेरुवा नै बनेर यो ठाउँमा केही नयाँ गरेर देखाउछु भन्ने लागेर आफुलाइ फेरुवा भन्न थाले।
 यहाँले संचालन गर्दै आएको ‘भिजिट दार्चुला – अ हिडन हेवन्’ पछिल्लो समय निकै नै चर्चामा रहेको छ। यसबारे थोरै चर्चा गरिदिनुहोस न?
‘भिजिट दार्चुला – अ हिडन हेवन्’ नामको पेज सुरुमा सामाजिक संजाल फेसबूकमा संचालनमा ल्याएको डेढ बर्ष जति भयो। सुरुमा ‘भिजिट दार्चुला’ भनेर खोलेको उक्त पेज जस्तै अन्य जिल्लाका साथिहरूले पनि आआफ्नो जिल्लाको नाम बाट संचालनमा ल्याएको देखेपछि मैले पछाडी ‘अ हिडन हेवन्’ भनेर थपेको हु। यसबाट दार्चुलामा रहेका धेरैजसो ठाउँहरुका तस्बिरहरू राख्दा यि दार्चुला कै ठाउँहरुका तस्बिर हुन भनि दार्चुलाबासी नै पत्त्याउनु हुन्न’थे, अहिले सबैले मन पराइराख्नु भएको छ।
दार्चुला जिल्लामा अवस्थित प्रयटकिय सम्भावना बोकेका थुप्रै ठाउँहरू घुमेर श्रव्यदृश्य सामग्रीहरू सामाजिक संजालमा राख्नुहुन्छ, जुन दृश्य निक्कै मनमोहक हुन्छन, केकस्ता सम्भावनाहरू देख्नुभएको छ जिल्लाको प्रयटन क्षेत्रमा?
दार्चुला जिल्ला आफैमा थुप्रै प्रयटकिय सम्भावना बोकेको जिल्ला हो। यहाँ अपीहिमाल, व्यास, छाङ्गरू, त्यसैगरि दुहु गाउपालिकामा रहेको शिद्धटोपी, उकु दरबार, मालिकार्जुन मन्दिर त्यस्तै अपीहिमाल गाउपालिकामा रहेका धरमघर र क्षेत्तीगाउँ को आफ्नै महत्व छ, नौगाड गाउँपालिकामा रहेको सिप्टी गाउँ पनि उत्तिकै मनमोहक छ। दार्चुलामा अरूपनी प्रयटकिय र धार्मिक महत्व बोकेका थुप्रै गन्तव्यहरू छन।
यहाँले माथि चर्चा गरेजस्तै सम्भावनाहरू जिल्लामा हुदाहुदै पनि दार्चुला जिल्लाको प्रयटन क्षेत्र प्रवर्द्धन हुन नसक्नुको कारण के होला ?
मलाई लाग्छ जिल्लामा भएका नगर/गाउँ पालिकाहरूमा प्रयटन क्षेत्रको बिकासका लागि बजेट आएकै हुन्छ। यद्यपि यसको सहि सदुपयोग हुन सकिरहेको छैन। स्थानीय तहहरू शीत मेरो एउटै गुनासो के रहेको छ भने आआफ्नो क्षेत्रभित्र रहेका यस्ता गन्तव्यहरूलाइ आवस्यक पुर्वाधार निर्माण गरेर प्रचारप्रसार गरिदिनुपर्यो। अनि मात्रै यि क्षेत्रको पहिचान बढ्न सक्छ।
अन्तमा, एक अभियन्ताको हिसाबले जिल्लाको प्रयटकिय क्षेत्रहरूलाइ प्रचारप्रसार एवं प्रवर्द्धनमा यहाँको उपस्थिति कस्तो रहन्छ ?
हजुर अवश्य पनि! मैले यी क्षेत्रको प्रचारप्रसारमा लाग्नु आफ्नो कर्तव्य ठानेको छु। जिल्लामा रहेका यस्ता थुप्रै गन्तव्यहरूलाई देशभरी चिनाउने र दार्चुलाई प्रयटकिय आकर्षणको केन्द्र बनाउने मेरो लक्ष्य हो। यसका लागि म निरन्तर लाग्नेछु।हिजोआज लकडाउनका कारण घुम्न पाएको छैन। अझै घुम्नुपर्ने ठाउँहरू धेरै छन। लकडाउन खुलेलगत्तै म आफ्नो काममा फेरि लाग्नेछु।
द भिजन कार्यक्रमकाे दाेस्राे अंकमा आइतबार राती ८‌:३० बजेदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा‍.गुणराज अवस्थीसंग गरेकाे कुराकानी सुन्न, पढ्न र हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?