दार्चुला । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा करिब ४ महिनाअघि देखि लगाइएको लकडाउन हटेको छ ।चैत ११ गतेदेखि लागू गरेर त्यसपछि निरन्तर थप्दै आएको लकडाउन मंगलबार साँझदेखि हटेको हो ।
सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको जनाएको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आयाजित पत्रकार सम्मेलनमा लकडाउन अनत्य भएको जानकारी दिनुभएको छ ।
सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।
यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।