दार्चुला । नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) दार्चुलाले बृक्षारोपण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण गरिएका अनेरास्ववियू दार्चुलाका अध्यक्ष आनसिंह बडालले जानकारी दिनुभयो । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडको दशरथनगर सामुदायिक वन क्षेत्रमा अनेरास्ववियूले बृक्षारोपण गरेको हो ।

बृक्षरोपणका लागि वन डिभिजन कार्यालय दार्चुलाले बोट विरुवाहरु उपलब्ध गराएको हो ।
बृक्षारोपण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य खेमराज जोशी, जिल्ला अध्यक्ष आनसिंह बडाल, वन उपभोक्ता समिति उपाध्यक्ष कम्मान सिंह ठगुन्ना लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?