संसद् विघटनको सिफारिस पछिका घटनाक्रम

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेपछि नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए । नेताहरुले प्रधानमन्त्रीको कदम अलोकतान्त्रीक र संबिधान बिपरीत भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस स्वीकार गर्न नहुनेमा नेकपा नेताहरुको जोड छ ।

यसैबिच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन केहि नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।

यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिनुभयो ।

ती नेताले भन्नुभयो, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं । बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ ।

यस्तै नेपाली कांग्रेसले पनि संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उहाँले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

संबिघान बिदहरुले भने संसद विघटनको सिफारिस संबिधान बिरोधी भएको प्रतिक्रिया दिएका छन् ।

संसद विघटनको सिफारिसपछि प्रधानमन्त्री ओलीको चौतर्फि आलोचना र बिरोध भइरहेको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?