दार्चुला ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरकाे केन्द्रीय कमिटी बैठक सुरू भएकाे छ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।

स्थायी कमिटीको बैठक उक्त निर्णय अहिले भइरहेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्नेछ। नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई अ‍ोली पक्षले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएको छ ।

नेकपा अ‍ोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएकाे बताउनुभयो । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उहाँले भन्नुभयो।

अ‍ोली पक्षको केन्द्रीय समितिको बैठक सकेपछि पत्ररकारसँग कुरा गर्दै उहाँले पार्टीको विधान अनुसार महासचिवले बैठक बोलाउनुपर्ने भएकाले त्यो बैठक महासचिवले बोलाएकाे नभएकाले आधिकारिक हुन नसक्ने टिप्पणी गर्नुभयो । बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पनि प्रचण्ड–नेपाल पक्षलाई बोलाएको तर उनीहरु नआएको उहाँले गर्नुभयो ।

उनले भन्नुभयो, ‘पार्टीको अध्यक्ष र महासचिवले गर्ने निर्णय नै अधिकारीक हुन्छ ।’ पार्टी विभाजन नभएको कुरा पटक पटक दोहोराए उहाँले आफ्नो थैलीको मुख राम्ररी बाँधे अरुलाई दोष दिनु नपर्ने भन्दै अब पार्टी महाधिवेशनको तयारीमा लाग्ने र नयाँ नेतृत्वका साथ चुनावमा जाने प्रतिकृया दिनुभयो । अगामी निर्वाचनका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको बताउँदै उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यलाई विरोध गर्नुको कुनै तुक नरहेको प्रतिकृया दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनुभएको थियो ।

बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सि ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?