कांग्रेस १४ औँ महाधिवेशन भदौ ७ गते देखि गर्ने प्रस्ताव

दार्चुला । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेश भएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बुधबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकबारेमा पत्रकारहरूलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेश भएको बताउनुभयो ।

यस्तै, गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेश भएको छ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?