प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँड्यो  : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ ।

उहाँले पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने भन्दै गलत बाटोमा नहिँड्न सुझाव दिनुभयो । आज विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले प्रचण्डलाई सिद्धिने बाटोमा नहिँड्न सुझाव दिँदै फर्किएर आउन आग्रह समेत गर्नुभएको छ ।

ओलीले प्रचण्डलाई सुरुमा वैद्यको साथ, त्यसपछि डाक्टरको साथमा बसेको र उहाँहरुले साथ छोडेपछि झाँक्रीको साथमा पुगेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो ।

तर गलत बाटोमा हिँडेका प्रचण्डलाई झाँक्रीले पनि जोगाउन नसक्ने ओलीको टिप्पणी छ । पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोजिएको तर केही व्यक्तिले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको ओलीको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?