आज देशभर नेकपा प्रचण्ड-माधव समुहको विजय जुलुस

दार्चुला । नेपाल कम्युनिष्ट पाटी (नेकपा) प्रचण्ड-माधव समुहले आज विजय जुलुश निकालेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको नेकपाले सर्वोच्चको फैसला सकारात्मक भन्दै स्वागत समेत गरेको छ ।

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएपछि देशैभर विजय जुलुश निकाल्न लागेको नेकपा प्रचण्ड-माधव समुहले जनाएको छ। काठमाडौंमा आयोजना भएको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागि हुनुभएको छ ।

नेकपा प्रचण्ड-माधव समुहले आजै संसदीय दलको बैठक डाकेको छ। संसद् पुनर्स्थापना भएपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो ।

यसैबिच  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?