दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवा निवास बुढानिलकण्ठमा २० मिनेट संवाद भएको छ ।
भेटवार्ताको क्रममा प्रतिनिधिसभा पुनःस्थापनापछि हुनसक्ने सम्भावित सत्ता सहकार्यको विषयमा छलफल भएको छ । छलफलका क्रममा दाहाल–नेपाल समूहले शेरबहादुर देउवालाई सरकार बनाउन आफूहरूलाई साथ दिन आग्रह गर्नुभएको छ ।
जवाफमा देउवाले आफूहरूले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएको देउवानिकट स्थायी समिति सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाहाल–नेपाल समूहले सत्ता सहकार्यका लागि अनुरोध गरेका छन् ।
नेपाली कांग्रेस नेकपाको दुवै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने देखिएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार जुन पक्षसँगको वार्ता बढी फलदायी हुन्छ, कांग्रेसले उसैसँथ सत्ता सहकार्य गर्नेछ ।





प्रतिक्रिया