बालुवाटारमा प्रधानमन्त्री ओली र नेता गौतमबीच भेटवार्ता

दार्चुला । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेकको बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?