सरकार र विप्लप समुहबाट बार्ता टोली तयार, प्रतिबन्ध फुकुवाको सम्भावना

दार्चुला । नेपाल सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लप समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको हो । वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियार सम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताउनुभयो । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उहाँले बताउनुभयो । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ ।

सरकारले पनि मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहनुभएको छ ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताउनुभएको थियो । उहाँले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिनुभयो ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

अहिले शान्तिपुर्ण राजनीतिमा आउने सम्भावना बढेकोले विप्लप समुहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकार तयार रहेको बुझिइको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?