धुम्बाराहीमा एमाले मुख्यालय, संसदीय दलमा ओलीको बहुमत

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्।

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्।

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ।

एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो।

धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

‘सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी भोलिदेखि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौँ’, उहाँले भन्नुभयो, ‘मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्छौँ। जिल्लास्तरमा पनि एमालेको कार्यालयका भएको भवन एमाले कार्यालय रहन्छ।’

उहाँले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताउनुभयो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गठन भएको थियो।

तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो।

साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।
 
प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ३८ सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४० सांसद रहेको दाबी गरेको छ।
 
केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो। मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन्।
 
नेपालका पक्षमा झण्डै ९० जना केन्द्रीय सदस्य छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?