दार्चुलामा एकैदिन ६० जनाले कोरोना जिते, हालसम्म ११३ संक्रमणमुक्त

दार्चुला । दार्चुलामा एकै दिन ६० जनाले कोरोना जितेका छन् ।

जिल्लामा बुधबार (आज) ६० जना कोरोना संक्रमणमुक्त भएका हुन ।

कोरोनाको दोस्रो लहर सुरु भए यता जिल्लामा एकै दिन कोरोना संक्रमण मुक्त हुनेको यो संख्या अहिले सम्मकै धरै हो ।

दार्चुलाका सबै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। हालसम्म जिल्लामा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

संक्रमण पुष्टि भएका मध्ये एक सय १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

अहिले दार्चुलामा ३ सय २३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

अहिले सात जना संक्रमित जिल्ला अस्पताल दार्चुलामा उपचाररत छन भने अधिकासं संक्रमित होम आइसोलेसनमै बसेका छन् ।

दार्चुलामा बुधबार थप एक जनाको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?