दार्चुला। नेपाली कांग्रेशको पाँच वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । जसअनुसार अपिहिमाल गाउँपालिकामा सोभानसिह लोथ्याल र मार्मा गाउँपालिकामा धनन्जय जोशी गाउँ कार्यसमिति सभापती चयन हुनुभएको छ । लेकम गाउँपालिका गाउँकार्यसमिति सभापतीमा कमलापती मिश्र निर्वाचित हुनुभएको छ । यस्तै नौगाड गाउँपालिकामा प्रेमसिह धामी र मालिकार्जुन गाउँपालिकामा किसन सामन्त सभापती चयन हुनुभएको छ ।
दुई नगरपालिकासहित चार वटा स्थानीय तहमा नेतृत्वका लागि सहमतीको प्रयास भइरहेको छ । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा अहिलेसम्म नयाँ नेतृत्व चयनका लागि सहमती जुट्न सकेको छैन् । शैल्यशिखर र महाकालीमा नगर सभापतीका लागि चार चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार विहानसम्म सहमती जुट्न नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने कांग्रेश दार्चुलाले जनाएको छ ।
कोषाध्यक्ष भने मनोनयन गरिने कांग्रेशले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया