दार्चुला । नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत सम्पन्न भएको दार्चुलाको सातौँ जिल्ला अधिवेसनमा कांग्रेशका पुराना नेतादेखि वर्तमान जनप्रतिनिधिसमेत पराजित भएका छन् । कांग्रेश दार्चुलाका इमानदार, त्यागी नेताको रुपमा चिनिने मदन गिरी लगायत नेताहरु आन्तरिक प्रतिस्पर्धामै पराजित भएपछि केहि कार्यक्रताले पुराना नेताहरुमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।
दार्चुलाबाट सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत रहनुभएका नन्दाकुमारी बम समेत नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी बम महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याइन् । चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम, राजमति पाल, इश्वरी जोशी र एसोदा तिङ्करी चयन भएको निर्वाचन समितिले जनाएको छ । महाविधेशन प्रतिनिधिमा छनौट भएकी शान्ती बम महिला संघ दार्चुलाका अध्यक्ष समेत हुन् । यस्तै पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन भने जोशी दुहुँ गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
हेर्नुहोस कांग्रेशको महाधिवेसन प्रतिनिधिमा दार्चुलाबाट कसले जिते? कसले हारे ?
नेपाली कांग्रेसको १४ औँ महाधिवेसनका लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा ५९ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत २५ जना चयन भएका छन् । २५ जना महाधिवेसन प्रतिनिधि छनोट गर्नुपर्नेमा सहमति नजुटेपछि निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको हो । २५ जना महाधिवेसन प्रतिनिधि छनोट हुदा ३४ जना पराजित भएका हुन । दलित प्रतिनिधितर्फ कांग्रेश दार्चुलाका निर्वतमान सचिव समेत रहनुभएका गोबर्धन कोली निर्विरोध चयन हुनुभएको थियो ।
महिला प्रत्यक्षतर्फ ४ जना चयन गर्नुपर्नेमा ५ जनाबिच प्रतिस्पर्धा भएको थियो । महिलामा प्रत्यक्ष तर्फ यसोदा तिंकरी ५६७, शान्ति देवी बम ६८७, राजमती पाल ६८७, ईश्वरी जोशी ६६८ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । ४८० मत मात्रै प्राप्त गर्नुभएकी सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्द कुमारी बम महाधिवेसन प्रतिनिधिमा पराजित हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट १० जना चयन गर्नुपर्नेमा २५ जनाबिच प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लाबाट बिजयी हुनेहरुमा सबैभन्दा बढी मत जगदिशबहादुर पाल, हरक बिष्ट, धिरेन्द्र साउद, सम्भुप्रसाद जोशी, बिक्रमसिह धामी, गणेशराज भट्ट, महादेब बडू, केशरसिह भण्डारी, दिलिपसिह बुढाथोकी, नरेन्द्रसिह धामी रहेका छन् । कांग्रेशका पुराना नेता मदन गिरी, गौरीशंकर गिरी लगायत १५ जना नेताहरु खुल्ला पुरुष प्रतिनिधिमा पराजित भएका छन् ।
महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट अम्बादत्त जोशीले २३५, ई. जयराज बिष्ट १४०, कर्णबहादुर बम २३८, केशरसिह भण्डारी ३८५, गणेशराज भट्ट ४५५, गणेशसिंह बुढाथोकी ११२, गोपालदत्त जोशी २७७, गौरीशंकर गिरी १४८, चन्द्रसिह सामन्त २८६, जगदिशबहादुर पाल ६१७, दानबहादुर बिष्ट १०४, दिलिपसिह बुढाथोकी ३८५, धिरेन्द्र साउद ५२१, नन्दनसिह बडाल ८१, नरेन्द्रसिंह धामी ३०९, मदन गिरी ३०४, महादेब बडू ४१८, मानसिह बुढाथोकी २७८, लालबहादुर धामी (क) २८४, लालसिह धामी (ख) २३३, लोकेन्द्रसिह लोथ्याल २१८, बिक्रमसिह धामी ४७६, सम्भुप्रसाद जोशी ५०४, सुरेन्द्रप्रसाद अवस्थी १७५ र हरकसिह बिष्ट ५२९ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट ४ जना चयन गर्नुपर्नेमा ८ जनाबिच प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट देबकी देबि बोहरा, सुना बोहरा, आनन्दी पन्त भट्ट र सुना जोशी बिजयी भएका छन् । निर्वाचनमार्फत आनन्दी पन्त भट्टले ४१९, देबकी देबी बोहरा ५०७, द्रोपती डागा २०९, ललिता बम २९२, शान्ती धामी २८१, सुना जोशी ४१५, सुना बोहरा ४९६, संगिता चन्द ३७७ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट ५ जना चयन गर्नुपर्नेमा १४ जनाबिच प्रतिस्पर्धा भएको थियो । करबिरसिह कार्की, गणेशदत्त बडू, सुरेन्द्रबहादुर बम, गोकर्णबहादुर चन्द र पदमराज पन्त बिजयी हुनुभएको छ । कर्णबहादुर खडायत २४३, करबिरसिह कार्की ४३५, कृष्णप्रसाद भट्ट क्षत्ती १६०, गणेशदत्त बडू ४०२, गोकर्ण बहादुर चन्द ३७६, दिवाकर जोशी २१७, धनसिह जागरी ३००, पदमराज पन्त ३४४, पुर्णसिह बोहरा ११७, मोहनदेब पन्त १४०, रमेशदत्त भट्ट २५९, बिरसिह साहु ७३, सुरेन्द्र अवस्थी २११, सुरेन्द्र बहादुर बम ३८३ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधि अल्पसंख्यकबाट चक्रसिह ह्याकी ३२४, ओमप्रकाश तिकंरी २४५ र बिनोदसिह बोहरा २१९ मत प्राप्त भएको छ । यस्तै महाधिवेसन प्रतिनिधि अपागंतामा केशबराज बडू २२७ र बाशुदेब सिह ऐतबाल ३६५ र विष्णुदत्त मिश्र २२५ मत प्राप्त गर्नुभएको छ । अपांगबाट बाशुदेबसिह ऐतवाल र अल्पसंख्यकबाट चक्रसिह ह्याकी बिजयी हुनुभएको छ ।
जिल्ला सभापतिमा बोहरा निर्वाचित
नेपाली कांग्रेश दार्चुलाको सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा ललितसिंह बोहरा विजयी हुनुभएको हो । खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गर्दै सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी हुनुभयो । सभापतिका अर्का उम्मेदवार शैल्यशिखरका अमरसिह धामीले ३०९ मत मात्रै प्राप्त गर्नुभयो । बोहरा दोब्बर बढी ३११ मतान्तरले विजयी हुनुभएको हो ।
उपसभापतिमा नौगाड गाउँपालिका घर भएका ललितसिह ठगुन्ना ५४० र महाकाली घर धएका महादेब बडू कश्यप ४८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिवमा दुहुँ गाउँपालिका घर भएका पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ६६५ र शैल्यशिखर घर धएका माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सहसचिवमा महाकाली नगरपालिका घर भएका राजु अवस्थी ५६९ र लेकम गाउँपालिका घर भएका राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
जिल्ला कार्यसमिति सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, नविन चन्द, बहादुर सिंह खत्री, अमर बहादुर विष्ट, गंगादत्त जोशी, दानी गिरी, करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बाशुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, बीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी, सन्जा धामी, कलावती ठेकरे, माया भट्ट, शान्ती देवी धामी, दलिततर्फ मदनराम लुहार, श्याम सिंह सिनाल, धिरन सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । एक हजार ४३ मतदाता मध्ये प्रदेश क्षेत्र (क) मा ५३८ र (ख) बाट ४१८गरी कुल ९५६ मत खसेको थियो ।
जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा थिए । युवादेखि जिल्लाका पुराना नेताहरु समेत पराजित भएका छन् । उपसभापतिमा पराजित युवा नेता उमेश खत्रीले मतपेटिका साटेर धादली गरेको आरोप लगाउनुभएको छ । नेता खत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आफुलाई पराजित गर्न मन्त्री दिलेन्द्रप्रसाद बडूले ह्वीप जारी गरेको र मतपेटिका परिवर्तन गरेर धाँदली गरेको संगिन आरोप लगाउनुभएको छ । मंसिर ७ गते मंगलबार दार्चुला सदरमुकाम खलंगास्थित खुलामंञ्चमा उद्घाटन भएको कांग्रेश अधिवेसन अन्तरगत शनिबार विहान नतिजा सार्वजनिक गरिएको हो । दार्चुला विकास संगठनको हलमा आधाभन्दा बढी मत गणना सकेपछि शुक्रबार बेलुकी मतगणनास्थल महेन्द्र नमुना माबिमा सारीएको थियो ।
मतगणना नसकिदै कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली कांग्रेश केन्द्रीय समिति सदस्य, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू धनगढी प्रस्थान गर्नुभएको थियो । प्रदेश अधिवेसनको जिम्मेवारीमा भएकोले मन्त्री बडू धनगढी प्रस्थान गरेको बताइएको छ । मन्त्री बडू गृहजिल्लामै भएकोबेला कार्यकर्ताहरुबिच झडप भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । बिहिबार राती झडपमा घाइते भएका सभापतिका उम्मेदवार अमरसिह धामी पक्षका तीन जना कार्यक्रतालाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाबाट पिथौरागढ रेफर गरिएको छ । कांग्रेशका एक नेताले बताएअनुसार राजेन्द्र बिष्टको हातमा, सुरेश बिष्टको टाउकोमा र बसन्त बहादुर साउदको नाकमा बढी चोट लागेको छ ।
कांग्रेश दार्चुलाको अधिवेसनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
मन्त्री बडूले अधिवेसनमा गरेको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया