दार्चुला । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रहरुमा बुथ निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक मिलेर मतदान केन्द्रमा बुथ निर्माण गरिएको उहाँले बताउनुभयो । मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम गरिएको छ ।

नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै हुने भएको छ । जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयमसेबक ५२७ गरी कुल एक हजार ६५५ जना खटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लाभरी ५२८ नेपाल प्रहरी, ८२७ म्यादी प्रहरीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

मतदान सम्पन्न भएपश्चात आइतबार बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी गर्ने तयारी छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीको लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका संकलन गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो । मतपेटिका संकलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ ।

सम्बन्धित समाचारः दार्चुलाका दुई मतदान केन्द्रमा कर्मचारी महिला मात्रै
गाउँघरमा ‘मत किन्न’ आर्थिक चलखेलः मतदाताले नै प्रहरीको भूमिका निर्वाह गर्न अनुरोध

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?