शिक्षक

तिमीले बन्दुक चलाउन सिकायौ
मैले कलम चलाउन सिकाए,
फरक यत्ति छ
तिमीले हत्या र हिंसा गर्न सिकायौ
मैले लेख्न र पढ्न सिकाए,

तिमीले चोर्न र लुट्न सिकायौ
मैले नङ काट्न र सिगान पुछ्न सिकाए,
फरक यत्ति छ
तिमीले स्कुलका रजिस्ट्ररहरु जलायौ
मैले त्यी त्यातिएका पानाहरु सजाए,

तिमीले कति विद्यालयहरु जलायौ
मैले हजारौं विद्यार्थीको भबिस्य बनाए,
फरक यत्ति छ
तिमीले जनताहरुलाई जङ्गलमा लैजायौ
मैले बिद्यार्थीहरुलाई स्कुलमा लैजाए,

तिमीले आतंकलाई निम्त्यायौ
मैले शान्तिलाई निम्त्याए,
फरक यत्ति छ
तिमीले मन्दिरहरु भत्कायौ
मैले सभ्यता बचाए,

तिमीले क्रान्ति भनेर कतिको घरबार बर्बाद गर्यौ
मैले समाजमा शिक्षाको दियो जलाए,
फरक यत्ति छ
तिमीले नदि तर्दै गरेको विद्यार्थीलाई ढुङ्गा हानेर बगायौ
मैले पिठ्युँ मा बोकेर विद्यार्थीलाई स्कुलमा लैजाए

(जनयुद्धका बेला शिक्षकहरुले खेपेको पीडामा आधारित)
लेखक: एम.पी जोशी, बैतडी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?