धनुषा–३ मा जमानत जफत भएपछि स्वतन्त्र उम्मेदवार दिवाकर साह पुनः पत्रकारितामा फर्किए

दार्चुला । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर साह पुनः पत्रकारितामा फर्किनुभएको छ। संसद छिर्ने योजनासहित चुनावी मैदानमा उत्रिएका साहको मत परिणाम कमजोर आएपछि उहाँको जमानत जफत भएको हो।

साहले चुनावअघि जनतासँग चन्दा संकलन गरेर चुनाव जित्ने दाबी गर्नुभएको थियो। तर अपेक्षित मत नआएपछि उहाँ पुनः रिपोर्टिङमा सक्रिय हुनुभएको हो ।

जेनजी आन्दोलनपछि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नजिक हुनुभएको थियो। रास्वपाबाट टिकट पाउने आशा गरे पनि टिकट नपाएपछि शाहले पार्टीका प्रवक्ता मनिष झालाई आलोचना गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा ‘आम’ चुनाव चिन्ह लिएर चुनाव लड्नुभएको थियो ।

निर्वाचनमा अपेक्षित परिणाम नआएपछि साह पुनः पत्रकारितामा सक्रिय हुनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?