समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक, बिहीबार प्रमाणपत्र दिइने

दार्चुला । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’ बमोजिम निर्वाचित १ सय १० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाबाट चार/चार जना सांसद निर्वाचित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगले पर्सि बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?