दार्चुला । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सक्कल कागजात पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले मातहतका जिल्ला सरकारी वकील कार्यालयलाई अभियोगपत्र संशोधनका लागि २०८२ पुस ३० गते दिइएको निकास र सोही सम्बन्धमा २०८२ माघ २ मा भएको ‘त्रुटि सच्याउने’ निर्णयको प्रतिलिपि मगाएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले सुरूमा रविको मुद्दामा अभियोगपत्र संशोधनको निर्णय गर्दै त्यसको २ दिनपछि अरु सबै आरोपीको हकमा पनि संशोधन हुने निर्णय गर्नुभएको थियो ।
उक्त मुद्दालाई चैत ९ गतेका लागि हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलासमा लगाउमा राख्न भनिएको छ ।





प्रतिक्रिया