आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

दार्चुला । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।

आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए ।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?